सूचना !!!
यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको नियमित बैठक निम्न मिती, समय र स्थानमा सम्पन्न हुन गैरहेकोले सम्पूर्ण सदश्य महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना जारी गरिएको छ । यो बैठकमा सबै जना सदश्यज्युहरुलाई अनिवार्य उपस्थितिको उर्दी जारी गरिएको छ । सोही बैठकमा करीब दुई महिना अघी खिचिएको सामुहिक तस्बिरको अवलोकन तथा किन्ने र अर्डर गरिने भएको हुँदा सबै जनालाई जानकारी गराइन्छ ।
तपसिल:
मिती: २०७३ साल श्रावण १५ गते शनिबार
स्थान: देउराली सामाजिक संघको प्रांगण, टोखा रोड, सामाखुशी
समय: बिहानको ठीक ११:०० बजे
आज्ञाले,
लोक बहादुर गुरुङ
महा-सचिव
आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँ
