FREE KIDNEY CHECK UP CAMP - नि:शुल्क मिर्गौला परीक्षण शिविर

November 08, 2017

Free Kidney Check up camp to be organized on Saturday 18th November 2017 (2 Manshir 2074) at Eladi Health Post, Syangja with the technical support from Human Organ Transplant Center, Nepal and Aarogya Foundation (आरोग्य प्रतिस्ठान )

निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिंदै ! ! !

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोक, ललितपुरको प्राबिधिक सहयोगमा यस आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँको संयोजकत्वमा यही मिती २०७४ साल मंशिर २ गते शनिबारको दिन बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत वडा नम्बर ४ मा अवस्थित एलादी स्वास्थ्य चौकिको प्रांगणमा नि:शुल्क मिर्गौला परीक्षण शिविरको आयोजना गरिएको छ । यस कार्यक्रमको आयोजनाको जिम्मा एलादी स्वास्थ्य चौकीलाई दिइएको छ । यस सामाजिक कार्यको लागि रोटरी क्लब अफ दि हिमालअयन गुर्खाज - काठमाण्डौले प्रायोजन गरेको छ । यो कार्यक्रममा कारीब ५०० जनाको नि:शुल्क मिर्गौला परीक्षण गरिने अनुमान गरिएको छ । तत्कालिन एलादी गा.बि.स. तथा तत्कालिन मनकामना गा.बि.स.का साथै तत्कालिन माझकोट शिवालय गा.बि.स.का जनताहरुलाई लाभ होस् भनी यो कार्यक्रमको आयोजना गरिएको हो । सो शिविरको टीम काठमाण्डौँबाट मंशिर १ गते प्रस्थान गर्ने, २ गते शिविर आयोजना गर्ने र मंशिर ३ गते काठमाण्डौ फर्कने गरी कार्यक्रम तय गरिएको छ । 

Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ को संयोजन तथा एलादी स्वास्थ्य चौकीको आयोजनामा तपसिलमा उल्लेखित मिति, स्थान र समयमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन हुने भएकोले आफ्नो मिर्गौला परीक्षण गराउनु भई मौकाको फाईदा उठाउनु हुन सम्पूर्ण महानुभावहरुमा जानकारी गराईन्छ ।

तपसिल:-
मितिः २०७४ मंशिर २ गते शनिबार
स्थानः एलादी स्वास्थ्य चौकी, वालिङ्ग न.पा., वडा नं. ४, एलादी, स्याङ्गजा
समयः बिहान ०९ः०० देखि दिउँसो २ः०० बजेसम्म

संयोजनः
आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौं

प्रायोजक:-
रोटरी क्लब अफ दि हिमालयन गुर्खाज, काठमाण्डौं

प्राविधिक सहयोगः
Human Organ Transplant Center, Nepal (मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर) तथा Aarogya Foundation (आरोग्य प्रतिस्ठान ) , पुल्चोक, ललितपुर

आयोजकः
एलादी स्वास्थ्य चौकी, वालिङ - ४, एलादी, स्याङ्जा