आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको तीजरी कार्यक्रम २०७२ सम्पन्न !!!
२०७२ साल आश्विन ९ गते शनिबार, काठमान्डौँ !
आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको यसपालिलको तीजरी कार्यक्रम यसै समाजका उपाध्यक्ष श्री तेज बहादुर गुरुङ् तथा श्रीमती खो माया गुरुङ्को आयुष्मती सुपुत्री सुश्री दिप्ती गुरुङको आव्हान तथा स्वागतार्थ आयोजना गरिएको थियो । आजको यस कार्यक्रममा गत २०७२ साल साउने सङ्क्रान्त्रीको दिन रोधी बस्न गएको घरबाट समाजका सबै जना सदश्य तथा अतिथी वर्गहरुलाई स्वागत तथा विषेश जलपान (रिसेप्सन) को आयोजना गरिएको थियो र श्री आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले संयोजन तथा सहयोग गरिएको थियो ।
आजको यस तीजरी कार्यक्रममा समाजका तर्फबाट तथा आयोजक आफ्नै घरबाट पनि विषेश अतिथिहरुको स्वागत गरिएको थियो । समाजका लगभग सबै जना सदश्यहरु आ-आफ्नै आँधीखोले गुरुङ भेशभुषामा उपस्थित भएका थिए जसले कार्यक्रमको माहौल विषेश बनाएको थियो । साथै अन्य गन्यमान्य अतिथीज्युहरुको विषेश उपस्थिती थियो । भु पु प्र म श्री हेम बहादुर गुरुङ्ज्युको उपस्थितिले माहौल रौनक बनएको थियो, वहाँ समाजअको तर्फबाट विषेश अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थ्यो । साथै अन्य विषेश अतिथिहरुको स्वागत समाजका आदरणीय अध्यक्ष श्रीप्रशाद गुरुङ तथा महासचिव श्री लोक बहादुर गुरुङ्ज्युले गर्नु भएको थियो । आजको कार्यक्रम औपचारिक रुपमा करिब दिनको ३ बजेबाट शुरु भएर लगभग बेलुकिको १० बजे समापन भएको थियो । र सोही दिन बेलुको मोस्यो फर्काउने काम पनि गरियो ।
- धन्यवाद !
रुम गुरुङ, काठमान्डौ
