आँधीखोला तमु (गुरुङ्ग) समाज, काठमान्डौँको त्रैमासिक बैठक सम्पन्न

October 25, 2015

आँधीखोला तमु (गुरुङ्ग) समाज, काठमान्डौँको त्रैमासिक बैठक सम्पन्न

२०७२ श्रावण १६ गते शनिबार

आज मिती २०७२ साल श्रावण १६ गते शनिबारको दिनमा यस आँधिखोला तमु (गुरुङ्ग) समाज, काठमाण्डौँको नियमित त्रैमासिक बैठक तथा वार्षिक प्रगती समिक्षा बैठक सदा झैँ देउराली सामाजिक संघको प्रांगणमा सम्पन भयो ।

आजको बैठकमा निन्म (बिषय ) प्रस्तावहरुको बारेमा छलफल गरिएको थियो ।

१, तिजरी मनाउने सम्बन्धमा ।
२, आब २०७१७२ सालको आय-व्यय ।
३, निष्कृय सदष्यहरुको बारेमा ।
४, समाजमा प्रवेश शुल्क तथा सदश्यता शुल्क ।
५, चलचित्र कर्मरेखाको प्रदर्शनको बारेमा ।
६, राहत संकलन तथा वितरण सम्बन्धमा ।
७, विविध ।

समाजका महासचिव श्री लोक बहादुर गुरुङ्ले सबै जना उपस्थीत सदश्यहरुलाई हार्दिक स्वागत गर्नु हुंदै कार्यक्रमको शुरुवात गर्नु भएको थियो । आजको बैठकमा कोषाध्यक्ष श्री खो बहादुर गुरुङ्ले आ. ब. २०७१/७२ सालको आय तथा व्ययको विवरण पेश गर्नु भएको थियो । वहाँको प्रतिवेदन अनुसार आ. ब. २०७१/७२ मा जम्मा आय रु ८७८,६४८/३७ तथा जम्मा व्यय रु ४८८,२७७/- भएको जानकारी गराउनु भयो ।

यसपालीको तिजरी मनाउने सम्बन्धमा अब अर्को कार्यसमितिको बैठक बसेर मिती तय गरिने जानकारी गराइयो । समाजका निष्कृय सदश्यहरुको बारेमा छलफल गराउनु हुँदै अध्यक्षज्युले जानकारी गराउनु हुँदै के गर्ने भन्ने बारेमा सबै सदश्यहरुसँग राय सल्लाह लिनु भएको थियो । वहाँहरुलाई समाजमा राखी राख्ने वा आउट गर्ने भन्ने बारेमा आगामी केही दिनभित्रै निजहरुलाई जानकारी तथा सुचना प्रवाह गर्ने र सो पछी पनि निष्कृय रहने सदश्यहरुलाई समाजबाट बिदा गरिने भन्ने सबैको राय एकै भएको जानकारी गराइयो । त्यस्तै समाजमा प्रवेश शुल्क तथा त्रैमासिक सदश्य शुल्क परिवर्तन गर्ने भन्ने बारेमा पनि छलफल गरियो । त्यस्तै नेपाली चलचित्र कर्मरेखा प्रदर्शनको बारेमा पछी बैठक बसी मिती तय गर्ने निर्णय गरियो । साथै गत बैशाख १२ गतेको बिनाशकारी भुकम्पपस्चात भुकम्प पीडितहरुका लागि राहत संकलन तथा वितरण गर्नु गराउनु हुने सबैसकृय सदश्यहरुलाई पनि हार्दिक धन्यवाद व्य्क्त गरियो । सो कार्य देउराली सामाजिक संघ तथा यसै समाजको सकृयतामा सम्पन्न भएको थियो । त्यस्तै यूके तथा हङकङ बाट प्राप्त सहयोग रकम वितरणको लागि उपयुक्त पीडितको पहिचानको काम अहिलेलाई नगरिएको र बर्षा पनि शुरु भइसकेको हुँदा छिट्टै निर्णय गरिने जानकारी गराइयो ।

कार्यक्रमको अन्त्यमा यस बर्षको एस. एल. सि. परिक्षामा उत्तिर्ण हुन सफल ५ जना समाजका नानीहरुलाई हार्दिक बधाई, शुभकामना तथा पुरष्क्रित गरिएको थियो ।