तमु प्ये ल्हु संघ, काठमाण्डौंको प्रारम्भिक साधारण सम्पन्न
सभा हिजो मिती २०७२ साल भाद्र १९ गते शनिबारको दिन देउराली सामाजिक संघको प्रांगणमा भव्यताका साथ सम्पन्न भएको छ । माननीय श्रम तथा रोजगार मन्त्री श्री टेक बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्य्रक्रम दुई भागमा सम्पन्न भएको थियो । प्रथम सत्र उद्घाटन तथा दोश्रो बन्द सत्रको रुपमा सम्पन्न भएको हो । सो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै तत्कालिन तदर्थ समितिका उप-संयोजक क्या. धनबिर क्रोम्जे तमुले सबै जना प्रतिनिधि तथा अतिथिहरुलाई हार्दिक स्वागत गत्नु भएको थियो । तत्पस्चात वहाँले तमु प्ये ल्हु संघ, काठमाण्डौँका संयोजक भु. पु. प्र. म. नि. श्री हेम बहादुर गुरुङ्लाई फेटा लगाइदिएर सम्मान गर्नु भएको थियो र भु. पु. प्र. म. नि. श्री हेम बहादुर गुरुङ्ले प्रमुख अतिथी माननीय श्रम तथा रोजगार मन्त्री श्री टेक बहादुर गुरुङज्युलाई फेटा तथा भाङग्ग्रा लगाइदिनुभएर हार्दिक स्वागर गर्नु भएको थियो ।
माननीय मन्त्रीज्युले पानसमा बत्ती बाली सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रको बिच बिचमा बिभिन्न आकर्षक न्रित्य तथा लाइभ चुट्का तथा मनोरंजनात्मक कार्यक्रमको संचालन गरिएको थियो । साथै सो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै विषेश अतिथिज्युहरुले मन्तन्व्य राख्नु भएको थियो । यसरी मन्तव्य व्यक्त गर्नेहरु मा माननीय श्रम तथा रोजगार मन्त्री श्री टेक बहादुर गुरुङ, तमु प्ये ल्हु संघ, पोखरा केन्द्रीय अध्यक्ष क्या रुप बहादुर गुरुङ, तमुस्यो ह्युल छोंजधी गुरुङ राष्ट्रीय परिषद अध्यक्ष श्री भगवती गुरुङ, तमु ह्युल छोंजधी गुरुङ राष्ट्रीय परिषद अध्यक्ष श्री रेशम गुरुङ, तमु बौद्ध सेवा समितीका महासचिव श्री टेक बहादुर गुरुङ, तमु ह्युल छोंजधी संरक्षक समिती सल्लाहकार श्री कुम्भराज गुरुङ हुनुहुन्थ्यो ।
सोही अवशरमा तमु प्ये ल्हु संघ, काठमाण्डौँमा संबद्ध आजीवन सदश्यज्युहरुलाई माननीय मन्त्रीज्युको हातबाट प्रमाण पत्रका साथ हार्दिक सम्मान गरिएको थियो ।
प्रारम्भीक साधारण सभाको दोश्रो सत्रको अध्यक्ष मन्डलको अध्यक्षता श्री कुम्भराज गुरुङ्ले गर्नु भएको थियो र निर्वाचन मन्डलको अध्यक्षता श्री धन मान गुरुङले गर्नु भएको थियो । सो प्रारम्भिक साधारण सभाले हिजो निम्न अनुसारको कार्य समिती चयन गरेको छ
अध्यक्ष - भु. पु. प्र. म. नि. श्री हेम बहादुर गुरुङ
प्रथम उपाध्यक्ष - क्या श्री धनबिर गुरुङ
द्वित्तिय उपाध्यक्ष - हाललाई रिक्त
महासचिव - श्री लोक बहादुर क्रोम्जे गुरुङ
सचिव - श्री लोक बहादुर प्लोप्लो गुरुङ
प्रचार सचिव - श्री प्रेम बहादुर गुरुङ
कोषाध्यक्ष - श्री सिरिप्रशाद गुरुङ
सदस्यहरु:
श्री लक्ष्मण गुरुङ
श्री विश्व गुरुङ
श्री श्रीप्रसाद चम्रु गुरुङ
श्री भोगेन्द्र गुरुङ
श्री डम्बर गुरुङ
श्री चिनी माया गुरुङ
श्री शोभा गुरुङ
श्री धना गुरुङ
श्री टिका माया गुरुङ
निर्वाचित नयाँपदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष श्री कुम्भराज गुरुङले निर्वाचित प्रमाण पत्रका साथ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
नव निर्वाचित अध्यक्ष भु पु प्र म नि श्री हेम बहादुर गुरुङ्ज्युले मन्तव्य राख्नु हुँदै तमु प्ये ल्हु संघको भावी योजना, कार्यक्रम तथा रणनितीहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।
१, प्ये ताँ ल्हु ताँ को मुद्धा आम तमु (गुरुङ) हरुसम्म लैजाने ।
२, तमु (गुरुङ) हरुको आदिम ईतिहास तथा आदिम थलोको खोज, अनुसंधान, अन्वेषण तथा उत्खनन कार्यलाई बढावा दिने ।
३, पच्यु, क्ल्हेप्री तथा बोन्पो लमको छुट्टाछुट्टै खेगी प्रशिक्षण संचालन गर्ने ।
४, संगठन बिस्तारका उपायहरु अवलम्बन गर्ने ।
५, तमु (गुरुङ) संग्रहालयको पूर्वाधार खडा गर्ने ।
६, संगठनको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको उपाएको खोजी गर्ने ।
धन्यवाद
