नेत्रित्व बिकास तथा क्षमता अभिव्रिद्धी सम्बन्धी अभिमुखिकरण कार्यक्रम !!!
हिजो मिती २०७२ साल आषाढ ११ गते शुक्रबारको दिन आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको आयोजनामा एक दिवसिय नेत्रित्व बिकास तथा क्षमता अभिव्रिध्दी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । आदिवाशी जनजाती राष्ट्रीय उत्थान प्रतिस्ठानद्वारा प्रायोजित सो कार्यक्रममा प्रमुख अतिथी तमु ह्युल छोंजधी गुरुङ्ग राष्ट्रीय परिषदका केन्द्रीय अध्यक्ष श्री रेशम गुरुङ हुनुहुन्थ्यो र वहाँँले नै सो कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । साथै विषेश अतिथिहरुमा भु. पु. प्रहरी महानिरिक्षक तथा तमु प्ये ल्हु संघ उपत्यका संयोजक श्री हेम बहादुर गुरुङ, तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय कोषाध्यक्ष हरिमाया गुरुङ, तमुस्यो ह्युलका केन्द्रीय अध्यक्ष भगवती गुरुङ, तमुस्यो ह्युलका केन्द्रीय कोषाध्यक्ष अन्जना गुरुङ, तमु ह्युल छोंजधी काठमाण्डौ जिल्ला समिती अध्यक्ष हर्क बहादुर गुरुङको पनि उपस्थिती रहेको थियो । सो अभिमुखिकरण कार्यक्रमको संयोजन तथा शहजिकरण तमु ह्युल छोंजधी गुरुङ राष्ट्रीय परिषदका उपमहासचिव श्री नर बहादुर गुरुङ्ज्युले गर्नुभएको थियो । साथै सो कार्यक्रममा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौका वरीष्ठ सल्लाहकारद्वय क्या वीर बहादुर गुरुङ, क्या चौ बहादुर गुरुङ, अध्यक्ष सिरी प्रशाद गुरुङ, महासचिव लोक बहादुर गुरुङ्ग, कोषाध्यक्ष खो बहादुर गुरुङ्ग, पुर्व अध्यक्ष तथा लोक गायीका शर्मिला गुरुङ, लोकगायीका भिम कला गुरुङ्ग, लोक गायक राजु गुरुङ लगायत अन्य का.स. सदश्यहरुको पनि उपस्थिती रहेको थियो । साथै सो कार्यक्रममा समाजका करिब १०० जना बुवा तथा आमाहरुको संलग्नता रहेको थियो ।
