आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौ - २०७२ सालको साउने संक्रान्ती तथा रोधी कार्यक्रम !!!
२०७२ श्रावण १ गते, शुक्रबार
स्याङ्जाली आँधिखोले तमु (गुरुङ्ग) हरुको आफ्नो परम्परालाई कायम राख्दै हरेक बर्षजस्तै यसपालीको साउने संक्रान्तीको दिनमा पनि रोधी बस्ने तथा तिउरी लगाउने कार्यक्रम भव्य सफलताका साथ सम्पन्न भएको छ । यसपालीको रोधी तथा तिउरी कार्यक्रम यसै समाजका उपाध्यक्ष श्री तेज बहादुर गुरुङ् तथा श्रीमती खो माया गुरुङ्को घर चप्पल कारखाना, धुम्बाराहीमा सम्पन्न भएको हो । वहाँहरुको आयुष्मती सुपुत्री सुश्री दिप्ती गुरुङ्को विषेश आमन्त्रणलाई स्विकार्दै रोधी बस्न सो घरमा समाजका युवा तथा अन्य सदश्यहरुको उपस्थिती भएको हो ।
