महा-भूकम्प पीडितलाई राहत बितरण कार्यक्रम
श्री देउराली सामाजिक संघ, काठमाण्डौँ तथा आँधिखोला तमु (गुरुङ्ग) समाज, काठमाण्डौँको अग्रसरतामा भुकम्प पीडितहरुको लागि केही राहत संकलन गरिएको थियो र सो राहत गोर्खा जिल्ला अन्तर्गत बिकट हंशपुर गा.बि.स. वडा नम्बर ८ बुद्धसिङ्ग गाउँमा बितरण गरियो । काठमाण्डौँबाट दुवै संस्थाका प्रतिनिधिहरु तथा आँधिखोला तमु (गुरुङ्ग) समाज, काठमाण्डौँका युवा स्वयंसेवकहरु सहित २२ जनाको टोली अस्ती शनिबार बुद्धसिङ गाउँतिर प्रस्थान गरेको थियो । बिबिध प्राविधिक समस्या तथा अन्य कारणहरुले गर्दा सो टोली राती १२ बजे मात्र सो बुद्दसिङ गाउँमा पुग्न सफल भएको थियो । भचेक सम्म सवारी साधनमा गएको टोली त्यहाँदेखी तल गाउंसम्म पैदलबाट नै जानु परेको थियो । भोली पल्ट स्थानीय प्रतिनिधिहरु तथा नेपाली सेनाका प्रमुख सेनानी श्री पूर्ण बहादुर गुरुङ्ग तथा आँधिखोला तमु (गुरुङ्ग) समाज, काठमाण्डौका अध्यक्ष श्री सिरी प्रशाद गुरुङ्गज्युको उपस्थितिमा हंशपुर गा.बि.स. वडा नम्बर ८ बुद्धसिङ गाउँका सबैजना घरपरिवार लाई समेटेर राहत बितरण कार्य शुरु गरिएको थियो ।
साथै सो कार्यक्रममा सो गाउँका आमा समुहका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । सो समारोहमा करिब १०० घरपरिवारको लागि न्युनतम आवश्यकीय सामानहरु बितरण गरिएको थियो । राहत पाउने मध्ये करीब ६० प्रतिशत गुरुङ्ग समुदाय र अन्य सबै ब्राहम्ण क्षेत्री तथा दलित समुदायबाट रहेका थिए ।
बितरण गरिएको राहतको प्याकेजमा निम्न सामनहरु संलग्न थिए ।
१, मंसुली चामल ३० केजी - १ बोरा
२, त्रिपाल - १ पिस
३, चाउचाउ - १ बक्स
४, चिउरा - २ केजी
५, बिस्कुट - ६ पिस
६, चना - १/२ केजी
७, भुजिया - १/२ केजी
८, आयो नून - १ प्याकेट
सो राहत बितरण कार्यक्रममा संलग्न हुनुभएका प्रतिनिधिहरुलाई बुद्धसिङ आमा समुहबाट विषेश स्वागत तथा बिदाइ कार्यक्रम गरिएको थियो । सबै बितरण गरिसकेर बचेँको मध्येबाट ५ पिस कम्बल, २ बोरा चामल, २ प्याकेट राहत सामग्रीको प्याकेज बुद्धसिङ आमा समुहलाई प्रदान गरिएको थियो ।
धन्यवाद ।
