तमु ल्होसार २०७१ - आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौं विषेश
१५ पौष २०७१
हरेक बर्ष जस्तै यस बर्ष पनि तमुहरुको महान पर्व 'तमु ल्होछार २०७१' भव्यताका साथ सम्पन्न भएको छ । र ल्होछार मनाउने सिलसिलामा आँधिखोला तमु समाज, काठमाण्डौँले पनि आफ्नो सकृय सहभागीता जनाएको छ । बिहान १०:३० बजेबाट बसन्तपुर दरबार स्क्वायरबाट झाँकी तथा र्याली शुरु भएको थियो । सो र्याली बसन्तपुरबाट नयाँँ सडक, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुंदै टुंडिखेल प्रवेश गरेको थियो ।
सो झाँकी तथा र्याली प्रदर्शनमा आँधिखोला तमु समाज, काठमाण्डौंले घाँटु न्रित्य तथा सोरठी न्रित्य पदर्शन गरेको थियो, साथै तमु (गुरुङ) हरुको मौलिक पहिचान झल्काउने खालको सामानहरुको प्रदर्शन गरेको थियो र पुरुष, महिला तथा बालबालिकाहरु पनि सबै जना स्याङ्जाली गुरुङ (तमु) भेषभुषामा सजिएका थिए । सो कार्यक्रममा आँधिखोला तमु समाज, काठमाण्डौंले झाँकी तथा र्याली प्रदर्शनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै बेलुकी साँस्क्रीतिक कार्यक्रम अन्तर्गत न्रित्य प्रतियोगितामा आँधिखोला तमु समाज, काठमाण्डौले त्रितिय स्थान हासिल गर्न सफल भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमंत्री श्री शुशिल कोइराला हुनुहुन्थ्यो ।
