आँधिखोला तमु समाजको घरदैलो देउसीभैलो कार्यक्रम !!!

November 20, 2015

आँधिखोला तमु समाजको घरदैलो देउसीभैलो कार्यक्रम !!!
हरेक बर्षजस्तै यसपाली पनि आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले घरदैलो देउसिभैलो कार्यक्रमको आयोजना गर्‍यो । विद्यमान असुबिधा तथा संकटको बेलामा पनि समाजका सकृय सदश्यहरुको व्यापक सहभागीताका साथ भव्य रुपमा देउसिभैलो कार्यक्रम सम्पन्न भयो । कुकुर तिहारको दिनबाट शुरु भएको सो कार्यक्रम भाईटिकाको दिनमा आएर सम्पन्न भएको थियो । पहिलो दिन कुकुरतिहारको दिन समाजका वरीष्ठ सल्लाहकार श्री डुल बहादुर गुरुङ्को घरमा देउसिभैलो खेलिएको थियो । त्यस्तै दोश्रो दिन दुई घरमा देउसिभैलो खेलिएको थियो । तेश्रो दिन तीन घरमा देउसिभैलोको कार्यक्रम आयोजना भएको थियो र अन्तिम दिन अर्थात भाईटिकाको दिनमा दुई घरमा देउसीभैलो खेलिएको थियो । अन्तिम दिन तथा अन्तिम साँझ समाजका अध्यक्ष श्री सिरिप्रशाद गुरुङ्को घरमा देउसिभैलो खेली समापन गरिएको थियो ।