ल्होसार तयारी बैठक सम्पन्न

December 19, 2015

शनिबार, ४ पौष २०७२; काठमाण्डौँ

सम्पूर्ण तमु (गुरुङ) हरुको महान पर्व "तमु-ल्होसार" विषेश तरिकाले मनाउने भन्ने बारेमा आज मिती २०७२ साला पौष ४ गते शनिबारको दिन तयारी बैठक सम्पन्न भयो । आजको बैठकमा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको धेरै जसो सदश्यहरुको उपस्थिती रहेको थियो । बैठकमा उपाध्यक्ष श्री तेज बहादुर गुरुङ्ज्युले स्वागत मन्तव्य दिनु भएको थियो । त्यस्तै अध्यक्ष श्री सिरीप्रशाद गुरुङ्ज्युले विषेश तयारीको बारेमा बिस्त्रित रुपमा प्रकाश पार्नुका साथै समाजको भावी रणनितीको बारेमा पनि प्रकाश पार्नु भएको थियो । कोषाध्यक्ष श्री खो बहादुर गुरुङज्युले समाजको आय-व्ययको बारेमा जानकारी दिनु भएको थियो । समाजका महासचिव श्री लोक बहादुर गुरुङ्ज्युले कार्यक्रम संचालन गर्नुका साथै ल्होसारको लागि कस्को के के जिम्मेवारी दिने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।