आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको स्योकैँ कार्यक्रम - २०७२
२०७२ पौष २५ गते शनिबार
काठमाण्डौँ, नेपाल
काठमाण्डौँ, नेपाल
तमु (गुरुङ) समुदायको महान सांस्कृतिक पर्व तमु-ल्होसार "प्र ल्हो - बाँदर बर्ग" आगमनको पावन उपलक्षमा आयोजना गरिएको स्योकैँ कार्यक्रम यही मिती २०७२ साल पौष २५ गते शनिबार देउराली सामाजिक संघको प्रांगणमा भव्यताका साथ सम्पन्न भएको छ । हरेक बर्षजस्तै यस बर्ष पनि आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले स्योकै कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा प्रमुख अतिथी भु. पु. कानून तथा न्याय मन्त्री श्री देव गुरुङ हुनुहुन्थ्यो । त्यस्तै अन्य विषेश अतिथिहरुमा भु पु राज्य मन्त्री श्री ईन्द्र बहादुर गुरुङ, भु. पु. प्रहरी महानिरीक्षक श्री हेम बहादुर गुरुङ लगायत अन्य तमु (गुरुङ) समुदायका विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको वेब साइट पनि लान्चिङ (उद्घाटन) गरिएको थियो । जुन वेब साइटको लिन्क यो रहेको छ - www.aandhikholatamusamaj.org.np
समाजका प्रचार सचिव रुम गुरुङ्ले सो वेब साइट बनाएर समाजलाई हस्तांतरण गर्नु भएको हो । यसका साथै सो कार्यक्रममा समाजमा योगदान पुर्याउनुहुने युवा भाई बहिनी हरु लगायत न्रित्य प्रतियोगिता, सोरठी प्रदर्शन, घाँटु प्रदर्शनमा भाग लिनु हुने सबैलाई समाजको तर्फबाट प्रशंशा पत्र वितरण गराइएको थियो । सोही कार्यक्रममा समाजबाट स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गर्नुहुने सदश्य तथा वहाँका छोरा-छोरीहरुलाई पनि सम्मान पत्र बितरण गरिएको थियो । गत बैशाखमा गएको महाभुकम्प पश्चात समाजले देउराली सामाजिक संघसँग मिलेर राहत वितरण कार्यक्रम संचालन गरेको थियो । र सो राहत बितरण कार्यक्रममा सहभागी हुनुहुने सबै जनालाई पनि सम्मान पत्र उपलव्ध गराइएको थियो । सो राहत संकलन तथा बितरण कार्यक्रममा उल्लेखनिय योगदान पुर्याउनु भए वापत समाजका अध्यक्ष श्री सिरी प्रशाद गुरुङ र देउराली सामाजिक संघका श्री जनक रानाज्युलाई विशेष सम्मान गरिएको थियो ।
सो स्योकैँ कार्यक्रमको औपचारिक शत्रको संचालन महासचिव श्री लोक बहादुर गुरुङ्ज्युले गर्नु भएको थियो र साँस्कृतिक सत्र सचिव श्री रुख बहादुर गुरुङ र श्री पिम गुरुङ्ज्युले संचालन गर्नु भएको थियो ।
