आँधिखोला तमु समाजको कार्यसमिती बैठक सम्पन्न

February 06, 2016

२०७२ साल माघ २३ गते, शनिबार
काठमाण्डौँ, नेपाल

आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको कार्यसमिती बैठक सम्पन्न

आज मिती २०७२ साल माघ २३ गते शनिबारको दिन यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको कार्यकारी समितिको बैठक सदाझैँ देउराली सामाजिक संघको प्रांगण, टोखा रोडमा सम्पन्न भएको छ । वरीष्ठ सल्लाहकार क्या. श्री वीर बहादुर गुरुङ्ज्युको आतिथ्यतामा आजको बैठक सम्पन्न भएको हो ।

बैठकको शुरुवातिमा समाजका उपाध्यक्ष श्री तेज बहादुर गुरुङ्ले स्वागत मन्तव्य दिनु हुँदैँ सबैलाई बैठकमा स्वागत गर्नु भएको थियो । आजको बैठकमा कोषाध्यक्ष श्री खो बहादुर गुरुङ्ले समाजको आय-व्यय अन्तर्गत देउसी-भैलो, ल्होसार तथा स्योकैँ कार्यक्रममा भएका खर्च तथा आम्दानी विस्त्रित विवरण पेश गर्नु भएको थियो । त्यस्तै समाजका अध्यक्ष श्री सिरी प्रशाद गुरुङ्ले २०७२ सालको ल्होसार कार्यक्रम तथा स्योकैँ कार्यक्रमको विस्त्रित समिक्षा गर्नु भएको थियो । साथै कार्यकारी समितिका अन्य पदाधिकारीहरुले पनि हालै सम्पन्न गरिएका सो दुवै कार्यक्रमको बारेमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । वरिष्ठ सल्लाहकार क्या. श्री वीर बहादुर गुरुङ्ले आगामी कार्यक्रमहरुमा समाजका सदश्यहरुले खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्नु हुँदैँ अहिलेसम्म सदश्यहरुले पुर्याउनु भएको योगदान स्वरुप हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो .

समाजका महासचिव श्री लोक बहादुर गुरुङ्ले आगामी कार्यक्रम तथा भावी रणनितीको बारेमा प्रकाश पार्नु भएको थियो । साथै विस्त्रित रुपमा निम्न बुँदाहरुमा व्यापक छलफल भएको थियो ।
१, समाजका सबै सदश्यहरुको सामुहिक तस्बिर ।
२, शिवमनये कोषको पिक्निकको बारेमा ।
३, रक्तदान कार्यक्रम आयोजना गर्ने बारेमा ।
४, आँधिखोला साँस्कृतिक साँझ आयोजना गर्ने भन्ने बारेमा ।
५, स्मारिका प्रकाशन गर्ने भन्ने बारेमा ।
६, समाजको घर-जगा किन्ने तथा त्यसको लागि रकम संकलन सबन्धमा ।
७, समाजको सदश्यता (बिद्यार्थी सदश्यताको) सम्बन्धमा ।
८, आँधिखोला युवा क्लब तथा उनिहरुको प्रस्तवको बिषयमा ।

माथि उल्लेखित बुँदाहरुमा व्यापक छलफल गरी केही निर्णयहरु पारित गर्दै आगामी २०७२ साल चैत्र १३ गते बस्ने नियमित त्रैमासिक बैठकमा अझ विस्त्रित छलफल तथा सोही दिन सामुहिक तस्बिर लिने निर्णय पास भएको छ र सो दिन समाजका सम्पूर्ण सदस्यहरु (बुवा, आमा तथा युवा तथा बाल्बच्चा) आँधिखोले तमु (गुरुङ) भेषभुसामा उपस्थित हुन उर्दी पनि जारी गर्ने निर्णय गरिएको छ ।

धन्यवाद ।