जैबिक कृषि खेती अवलोकन तथा कृषि तालिममा सहभागीता

February 27, 2016

१५ फाल्गुन २०७२, शनिबार
पातलेखेत, काभ्रे

अर्ज्ञानिक (जैबिक) कृषि खेती अवलोकन तथा कृषि (सुन्तला खेती उत्पादन तथा ब्यवस्थापना) तालिममा सहभागीता ...

आज मिती २०७२ साल फाल्गुन १५ गते शनिबारको दिन यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौका करिब ६० जना सदश्यहरु काभ्रेपलांचोक जिल्ला अन्तर्गत पातलेखेतमा अवस्थित गोर्खा अर्ज्ञानीक नर्सरी तथा रिसर्च सेन्टरको अवलोकन भ्रमण सम्पन्न भयो । सो सेन्टरका संस्थापक श्री सिरी प्रशाद गुरुङले सो सेन्टरले उत्पादन गर्न लागेका जैबिक बिरुवाहरुको बारेमा बिस्त्रित रुपमा सहभागीहरुलाई बर्णन गर्नु भएको थियो । सो सेन्टरमा जबिक प्रबिधिबाट सुन्तला, कागतीको बिरुवा उत्पादन तथा किवी खेतीका साथै किवीको बिरुवा उत्पादन पनि गरिने जानकारी दिनु भयो । साथै अकबरे खुर्सानी, अर्ज्ञानीक च्याउ, कुरिलोको पनि खेती तथा बिरुवा उत्पादन गरिने जानकारी गराउनु भयो ।

सोही सिलसिलामा ब्यावसायिक कृषि तथा ब्यापार आयोजना र  एग्रिकल्चर प्रमोसन एण्ड रिसर्च सेन्टर द्वारा आयोजित कृषि तालिम (सुन्तला खेती उत्पादन तथा ब्यवस्थापन) मा समाजका सदश्यहरुले सहभागीता जनाए । प्रशिक्षक श्री इश्वर काफ्लेले व्यावसायिक सुन्तला खेती, किवी खेती, अकबरे खुर्सानी खेती, च्याउ खेती तथा ब्यवस्थापनको बारेमा बिस्त्रित जानकारी दिनु भएको थियो ।