त्रैमासिक बैठक तथा नयाँ कार्यसमिती चयन

April 04, 2016

२० चैत्र २०७२, शनिबार
ज्ञान सिन्धु उच्च मा. वि., गोङबु-७, प्रयासनगर, काठमाण्डौँ

त्रैमासिक बैठक तथा नयाँ कार्यसमिती चयन

यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको नियमित त्रैमासिक बैठक तथा नयाँ कार्यसमिती चयन कार्यक्रम हिजो मितो २०७२ साल चैत्र २० गते शनिबार ज्ञान सिन्धु उच्च मा. बि., गोङ्गबु-७, प्रयासनगर को प्रांगणमा सम्पन्न भएको छ । हिजोको यस नियमित बैठकमा समाजमा आदरणीय अध्यक्ष श्री सिरी प्रसाद गुरुङले बिस्त्रित रुपमा कार्यप्रगती पेश गर्नु भएको थियो र सो प्रतिबेदन सर्व सम्मतिले पारीत गरियो । साथै आ. व. २०७२/७३ को लागि लेखा परिक्षक नियुक्ती गर्ने निर्णय पनि पारीत गरियो । निकट भविष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिने बारेमा पनि निर्णय गरी पारीत गरियो ।

हिजोको यस विशेश कार्यक्रममा समाजका स्दश्यहरुको सामुहिक फोटोग्राफ लिने काम पनि सम्पन्न गरियो । यसका साथै समाजका बिभिन्न सदश्हयहरुको घरमा पित्रिशोक/मात्रिशोक पर्न गएकोले वहाँहरुलाई समाजको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दै निम्न सदश्यहरुलाई स्याइ स्याइ गर्ने काम सम्पन्न गरियो ।
१, हौ बहादुर गुरुङ
२, रुक बहादुर गुरुङ
३, दिल बहादुर गुरुङ (ईन्द्र माया गुरुङ)
४, भुवन सिंह गुरुङ
५, लेख बहादुर गुरुङ

यस समाजको बिधानको दफा ३४ बमोजिम हालको कार्यसमिती भंग गरी नयाँ कार्यसमिती चयन तथा निर्वाचनको लागि वरिश्ठ सल्लाहकार क्या. वीर बहादुर गुरुङ्को संयोजकत्वमा ३ सदश्यीय निर्वाचन समिती गठन गरी प्रकृया अगाडि बढाउने निर्णय गरियो । अन्य सदश्यहरुमा सत्ता बहादुर गुरुङ र ले. चौ बहादुर गुरुङ हुनुहुन्थ्यो । सो निर्वाचन समितिले समाजका सबै सदश्यहरुको सर्व सम्मती अनुसार निम्न लिखित नयाँ कार्य समितिको चयन गरेको छ ।
१, अश्यक्ष - श्री सिरी प्रशाद गुरुङ
२, उपाध्यक्ष 'क' - श्रीमती तीनदेवी गुरुङ
३, उपाध्यक्ष 'ख' - श्री तेज बहादुर गुरुङ
४, उपाध्यक्ष 'ख' - श्री खो बहादुर गुरुङ
५, महा सचिव - श्री लोक बहादुर गुरुङ
६, सचिव - हाललाई रिक्त
७, कोषाध्यक्ष - श्री वीर बहादुर गुरुङ
८, शह-कोषाध्यक्ष - श्री खड्का बहादुर गुरुङ
९, प्रचार सचिव - श्री रुम बहादुर गुरुङ
सदश्यहरु:
१०, श्रीमती याम माया गुरुङ
११, श्रीमती भिम कला गुरुङ
१२, श्रीमती मन माया गुरुङ
१३, श्रीमती धन सुबा गुरुङ
१४, श्रीमती भिम माया गुरुङ
१५, श्री निम बहादुर गुरुङ
१६, श्री राजु तिलक गुरुङ
१७, श्री हरी बहादुर गुरुङ
१८, श्री मेघ बहादुर गुरुङ
१९, श्री मन बहादुर गुरुङ
२०, श्री आशिष गुरुङ (युवा)
२१, सुश्री अन्जु गुरुङ (युवा)

नव निर्वाचित अध्यक्ष श्री सिरी प्रशाद गुरुङले सबै जना सदश्हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नियमित सहयोगको अपेक्षा गर्दै कार्यकमको समापन गरियो र नव निर्वाचित नयाँ कार्यसमितीका सबै सदश्यहरुलाई हार्दिक बधाइ दिंदै नयाँ कार्यकालको सफलताको शुभकामना व्यक्त गरियो ।
धन्यवाद !