ब्रिहत नि:शुल्क मिर्गौला शिबिर सम्पन्न
काठमाण्डौँ, २०७३ जेष्ठ ५ गते बुधवार
आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौको आयोजना तथा मानव अंग प्रत्यारोपण केन्द्र (Human Organ Transplant Center), भक्तपुर र आरोग्य प्रतिस्ठान (Aarogya Foundation), पुल्चोकको प्राविधिक सहयोगमा नि:शुल्क मिर्गौला शिबिर व्यापक सफलताका साथ सम्पन्न भएको छ । विशेष गरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उध्देश्यले संचलन गरिएको सो ब्रिहत नि:शुल्क मिर्गौला शिबिर देउराली सामाजिक संघको भवन, टोखा रोडमा सम्पन्न भएको हो । दिनको १२ बजेबाट शुरु भएको सो नि:शुल्क शिबिर करीब ४ बजेसम्म संचालन भएको थियो र आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका सदश्यहरु तथा स्थानीय अन्य व्यक्तिहरुसमेत गरी २६० जनाको मिर्गौला परिक्षण गरिएको थियो ।
मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत र टाइम्स फर्म्यास्यिटिकल्सबाट दुई जना एमआर सहित २० जनाको टोलीले सो नि:शुल्क शिबिर संचालन गरेका थिए । टाइम्स फर्म्यास्युटिकल्सबाट बिरामीहरुलाई नि:शुल्क औषधी समेत बितरण गरिएको थियो ।
सो शिबिरको अन्तमा समाजका वरिष्ठ सल्लाह्कार क्या. वीर बहादुर गुरुङ तथा अध्यक्ष सिरी प्रशाद गुरुङले सम्मानपत्र तथा पुष्पमालाले सो टिमलाई सम्मान गरिएको थियो । मानव अंग प्रत्यारोपण केन्द्र (Human Organ Transplant Center) का डा. सन्तोष गुरुङले सो शिबिरको आयोजना गरिएकोमा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँलाई धन्यवाद दिनुका साथै वहाँँले मिर्गौला रोगको बारेमा बिस्त्रित रुपमा आफ्नो भनाइ राख्नु भएको थियो । मिर्गौला रोग कसरी लाग्छ र सो रोग लाग्न नदिनको लागि बिभिन्न उपायहरुको बारेमा पनि डा. गुरुङले बिस्त्रित रुपमा ब्याख्या गर्नु भएको थियो । र अन्तमा समाजका अध्यक्ष सिरी प्रशाद गुरुङले मानब अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिस्ठानलाई हार्दिक बधाइ तथा धन्यवाद दिनु हुँदै टिमका सबै सदश्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोक्वलाई मायाको चिनो तथा कदरपत्र बितरण गर्नु भएको थियो । अध्यक्ष गुरुङले समाजका स्वयं सेवक भाईबहिनिहरुलाई समाजको तर्फबाट हार्दिक धन्यवाद तथा आभार समेत प्रकट गर्नु भएको थियो जसले सो शिविर अवधीभर अबिछिन्न रुपमा सहयोग पुर्याएका थिए ।
धन्यवाद ।
