नेत्रित्व बिकास तथा क्षमता अभिव्रिध्दी सम्बन्धी अभिमुखिकरण तालिम

May 18, 2016

नेत्रित्व बिकास तथा क्षमता अभिव्रिध्दी सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

काठमाण्डौँ, १ जेष्ठ २०७३, शनिबार

आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको आयोजनामा आज मिती २०७३ साल जेष्ठ १ गते शनिबारको दिन नेत्रित्व बिकास तथा क्षमता अभिव्रिध्दी सम्बन्धी १-दिने अभिमुखिरण तालिम बैकुण्ठपुरि समाज बिकास समितिको भवन, बैकुण्ठपुरी, गोंङबुमा सम्पन्न भएको छ । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानको प्रायोजनमा सम्पन्न भएको सो तालिम प्रमुख अतिथी भु. पु. प्रहरी महानिरिक्षक तथा तमु प्ये ल्हु संघ, काठमाण्डौँका अध्यक्ष श्री हेम बहादुर गुरुङ्ले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो । त्यस्तै समाजका वरीष्ठ सल्लाहकार क्या. वीर बहादुर गुरुङ तथा अध्यक्ष सिरी प्रशाद गुरुङले तालिमको सफलताको कामना गर्दै सबै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । त्यस्तै सोही तालिममा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानबाट अनुगमन अधिक्रित प्रदिप बज्रचार्यले पनि मन्तव्य दिनु हुँदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । आज सम्पन्न भएको सो तालिम तमु ह्युल छोंज धीँ केन्द्रिय महासचिव धन मान गुरुङले संयोजन तथा सहजिकरण गर्नु भएको थियो र औपचारिक सत्रको संयोजन तथा संचालन समाजका महासचिव लोक बहादुर गुरुङ्ले गर्नु भएको थियो । करीब ६० जनाको सहभागिता रहेको सो तालिम सफलताको साथ सम्पन्न भएको छ ।