आँधिखोला तमु (गुरुङ्ग) समाज, काठमाण्डौँ त्रैमासिक बैठक तथा एस. एल. सि. उत्तिर्णहरुलाई सम्मान कार्यक्रम सम्पन्न
काठमान्डौँ, शनिबार १८ असार २०७३
आज मिती २०७३ साल असार १८ गते शनिबार यस आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको नियमती त्रैमासिक बैठक तथा यो आर्थिक बर्ष २०७२७३ को अन्तिम बैठक सम्पन्न भयो । बैठकमा महासचिव लोक बहादुर गुरुङले कार्यक्रम शुरुवात गर्दै संचालन गर्नु भएको थियो । उपाध्यक्ष तीन देवी गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो । साथै निवर्तमान कोषाध्यक्ष खो बहादुर गुरुङ्ले यो आर्थिक बर्षको आय ब्यय लगायत बिगत ५ बर्षदेखिको वार्षिक आय-ब्ययको बिस्त्रित रुपमा जानकारी गराउनु भएको थियो । र वहाँँको सो आर्थिक प्रतिवेदन सर्वसम्मतिले पार्ती भएको थियो ।
त्यस्तै वरीष्ठ सल्लाहकार क्या. वीर बहादुर गुरुङले पनि समाजले अहिले सम्म गरेको प्रगतीको तारिफ गर्नु हुँदैँ सबै जना सदश्यहरुलाई हार्दिक धन्वाद ब्यक्त गर्नु भएको थियो । अध्यक्ष सिरी प्रशाद गुरुङ्ले समाजको आगामी कारयक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । आगामी ल्होसारमा समाजको ५ बर्षे गतिबिधिको संलग्न 'स्मारिका' प्रकाशित गर्ने भन्ने बारेमा प्रकाश पार्नु भयो । र सो स्मारिका प्रकाशन सम्बन्धी वहाँँकै संयोजकत्वमा ५ सदश्यीय समिती पनि गठन गरियो ।
यसका साथै यो बर्ष २०७३ सालमा संचालित एस. एल. सि. परिक्षा उत्तिर्ण गर्नु हुने समाजका सदश्यहरुको ७ जना नानीहरुलाई हार्दिक बधाईको साथै सम्मान कार्यक्रम पनि सम्पन्न भयो । एस. एल. सि. उत्तिर्ण गर्नु हुने नानीहरु तथा वहाँँको अभिभावकहरुको विवरण यसप्रकार छ ।
१, श्री बिबेक गुरुङ, एभिएम स्कूल, ललितपुर - बाबा वीर बहादुर गुरुङ र आमा बेल कुमारी गुरुङ
२, श्री इश्वर गुरुङ, बिजय स्मारक स्कूल, डिल्लिबजार - आमा भिम कला गुरुङ
३, सुश्री यासिका गुरुङ, ज्ञान सिन्धु एकेडेमी - आमा दुर्गा गुरुङ
४, सुश्री मिना गुरुङ, नबोदित बिद्या कुन्ज, सामाखुशी - बाबा राजु गुरुङ (सालैजो लोक गायक) र आमा माया गुरुङ
५, श्री युनेश गुरुङ, शान्ती बिद्या गृह स्कूल, लैन्चौर - बाबा टम बहादुर गुरुङ र आमा गंगा माया गुरुङ
६, श्री लिपोन गुरुङ, अमृत उच्च मा वि, म्हेपी - बाबा गिन बहादुर गुरुङ र आमा मैना गुरुङ
७, सुश्री एलिना गुरुङ, थर्ड आइ स्कूल, गणेशस्थान - बाबा दिल बहादुर गुरुङ र आमा ईन्द्र माया गुरुङ
धन्यवाद
