आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको नियमित बैठक सम्पन्न

July 30, 2016

आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको नियमित बैठक सम्पन्न

काठमान्डौँ, नेपाल
शनिबार, १५ श्रावण २०७३

आज मिती २०७३ साल, श्रावण १५ गते शनिबारको दिन यस आँधिखोला तमु (गुरुङ) समाज, काठमान्डौँको नियमित बैठक सम्पन्न भएको छ । अध्यक्ष श्री सिरी प्रशाद गुरुङ हाल बेलायतको भ्रमणमा जानु भएकोले गर्दा वहाँँको सट्टा उपाध्यक्ष श्रीमती तीन देवी गुरुङले अध्यक्षता ग्रहण गर्नु भएको थियो र उपस्थित सबै सदश्यहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको शुरुवात गर्नु हुँदै महासचिव श्री लोक बहादुर गुरुङ्ले समाजको आगामी दिनमा सम्पन्न गर्नु पर्ने कृयाकलापहरुको बारेमा प्रकाश पार्नु भयो । वहाँँले यस समाजका सकृय कार्यकारी सदश्य तथा वहाँँको आत्मिय श्रीमती भिम माया गुरुङको स्वास्थ्य स्थितीको बारेमा जानकारी गराउनु हुँदै सदसयता तथा सदभाव दर्शाउनु हुने सबै जना सदश्यहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

नव निर्वाचित कोषाध्यक्ष श्री वीर बहादुर गुरुङले बिगत १ महिनाको आय-व्ययको विवरण पेश गर्नु भएको थियो । छलफलकै क्रममा करीब २३ महिना खिचिएको सामुहिक तस्बिरको बारेमा जानकारी गराउनु हुँदै सदश्य श्री सत्ता बहादुर गुरुङले सबै सदश्यहरुबाट तस्बिरको अर्डर लिनु भएको थियो । त्यस्तै यस समाजका युवा कार्यकारी सदश्य श्री आशिष गुरुङले अभिनय गर्नु भएको गुरुङ चलचित्र "ङोलो-ङोल्स्यो" को प्रिमियर सो को बारेमा छलफल गरियो र सो चलचित्र आगामी भाद्र ९ गते बिहीवार, कृष्णास्टमीको दिन जमलस्थित साँस्कृतिक संस्थानको हलमा प्रदर्शन गरिदै छ । समाजको तर्फबाट सदश्यहरुबाट रकम उठाइ एकमुष्ट उपलब्ध गराउने र सबै सदश्यहरुलाई चलचित्र प्रदर्शनको दिन उपस्थित हुनको लागि सुचना जारी गरियो । सोही दिन, सोपाल तमु समाज, काठमान्डौँको समाज भवनको समुद्घाटनमा हाम्रो समाजको तर्फबाट केही न्रित्य प्रदर्शनको लागि बिशेष अनुरोध आएकोले गर्दा त्यस बारे पनि छलफल गरियो । र सोपाल तमु समाज, काठमान्डौँको कार्यक्रममा पनि सहभागीता जनाउने निर्णय गरियो ।

त्यस्तै बिगत केही बर्षदेखी यस समाजलाई योगदान पुर्‍याउनु हुने युवा भाईबहिनी हरु जो समाजमा सदश्य हुनुहुन्न वहाँँहरुलाई विद्यार्थी सदश्यताको रुपमा समाजमा आबध्द गराइयो । वहाँँहरु निम्नानुसार हुनुहुन्छ ।

१, पिम गुरुङ, मनकामना गा. बि. स., वडा नम्बर ५ माथिल्लो बलेउ
२, निक गुरुङ, मनकामना गा. बि. स., वडा नम्बर ५ माथिल्लो बलेउ
३, मिलन गुरुङ, मनकामना गा. बि. स., वडा नम्बर ५ माथिल्लो बलेउ
४, कुसुम गुरुङ, मनकामना गा. बि. स., वडा नम्बर ५ माथिल्लो बलेउ
५, मिन ब गुरुङ, एलादी गा. बि.स., वडा नम्बर ४, एलादी

त्यस्तै छलफलकै क्रममा अत्यन्तै निस्कृय सदश्यहरुलाई गरिने कारवाहीको बारेमा अध्यक्षज्युको आगमनपछी निर्णय गरिने जानकारी गराइयो । त्यस्तै, यसपालिको तिज कार्यक्रम आगामी २०७३ साल भाद्र ११ गते शनिबारको दिन मनाइने निर्णय गराइयो । यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँ "स्मारिका" प्रकाशनको लागि भाई बहिनिहरुलाई लेख रचनाको लागि अनुरोध गरिए बमोजिम सो आलेख तथा रचना कसरी लेख्ने भन्ने बारेमा केही जानकारी गराउने उद्धेश्यले स्कूल तथा कलेजमा अध्ययनरत भाईबहिनिहरुलाई यही २०७३ साल श्रावण २९ गते शनिबार छोटो अभिमुखिकरण कार्यक्रम गरिने जानकारी गरियो र त्यसको बारेमा सदश्य श्री रुख बहादुर गुरुङलाई जिम्मा लगाइयो । र त्यसको बिस्त्रित जानकारी केही दिनमा उपलब्ध गराइने छ ।

धन्यवाद