आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको तीजरी कार्यक्रम २०७३ सम्पन्न !!!
२०७३ साल भाद्र २५ गते शनिबार, काठमान्डौँ !
आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको यस पालि बि सं २०७३ सालको तीजरी कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावणमा सफलताका साथ सम्पन्न भएको छ । सो तिजरी कार्यक्रम यसै आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका सदश्य श्री रमन सिङ गुरुङ् तथा श्रीमती चुन माया गुरुङ्को आयुष्मती सुपुत्री सुश्री ओमा गुरुङको आव्हान तथा स्वागतार्थ आयोजना गरिएको थियो । आजको यस कार्यक्रममा गत २०७३ साल साउने सङ्क्रान्त्रीको दिन रोधी बस्न गएको घरबाट (सुश्री ओमा गुरुङको घर) समाजका सबै जना सदश्य लगायत मान्यवर तथा अतिथी वर्गहरुलाई स्वागत तथा विषेश जलपान (रिसेप्सन) को आयोजना गरिएको थियो र श्री आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले संयोजन तथा सहयोग गरिएको थियो ।
आजको यस तीजरी कार्यक्रममा समाजका तर्फबाट तथा आयोजक आफ्नै घरबाट पनि विषेश अतिथिहरुको स्वागत गरिएको थियो । समाजका लगभग सबै जना सदश्यहरु आ-आफ्नै आँधीखोले गुरुङ भेशभुषामा उपस्थित भएका थिए जसले कार्यक्रमको माहौल विषेश बनाएको थियो । साथै अन्य गन्यमान्य अतिथीज्युहरुको विषेश उपस्थिती थियो । सो कार्यक्रममा स्याङ्जा भिर्कोट-आर्थर भेकमा प्रचलित ढिलो भाका तथा छिटो भाकाको गीत गाएर तथा नाचगान गरी माहौल बिशेष बनाइएको थियो । साथै अन्य विषेश अतिथिहरुको स्वागत समाजका आदरणीय अध्यक्ष श्री सिरी प्रशाद गुरुङ तथा महासचिव श्री लोक बहादुर गुरुङ्ज्युले गर्नु भएको थियो । आजको कार्यक्रम औपचारिक रुपमा करिब दिनको ३ बजेबाट शुरु भएर लगभग बेलुकिको १० बजे समापन भएको थियो । र सोही दिन बेलुको मोस्यो (सोली) फर्काउने काम पनि गरियो ।
- रुम गुरुङ
काठमाण्डौँ, नेपाल
