साउदी अरबमा दुर्घटनामा परेकालाई सहयोग ९ आश्विन २०७३, काठमाण्डौँ आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका उपाध्यक्ष श्री तीन देबी गुरुङको छोरी ज्वाँईं (बेद कुमार गुरुङ तथा मिना गुरुङ) को पहलमा करीब नौ महिना साउदी अरबमा दुर्घटनामा पर्नु भएका तिल बहादुर राना शेर को लागि संकलित रकम आज विशेष कार्यक्रमका बिच हस्तांतरण गरिएको छ । स्याङ्जा जिला किचनास - ८ का तिल बहादुर राना सेर २४ जनवरी २०१६ को दिन कामको सिलसिलामा साउदी अरबमा दुर्घटनामा परेका थिए र वहाँँलाई करीब एक महिना अघी नेपाल ल्याइएको छ र कान्तिपुर अस्पातलमा राखिएको छ, वहाँँ अहिलेसम्म कोमामा हुनुहुन्छ । निजको सहयोगको लागि बेद कुमार गुरुङले नेत्रित्वदायी भूमिका खेल्नु भयो र केही रकम संकलन गर्न सफल हुनु भयो । सो रकम साउदी अरबस्थित पश्चिम क्षेत्रमा अवस्थित अल्मराइ कंपनिको बिभिन्न डिपोबाट संकलित गरिएको थियो । बेद कुमार गुरुङका अनुसार ति डिपो तथा शाखाहरु निम्न छन । १, जेध्दा २, जेध्दा सेण्ट्रल ३, जेध्दा साउथ ४, मक्का ५, मक्का इस्ट ६, ताइफ ७, ताबुक ८, राबिक त्यसरी संकलित रु. १०,९७,८२६- (दश लाख सन्तानब्बे हजार आठ सय छब्बिस रुपैयाँ) घाइतेका श्रीमती रिता गुरुङ रानालाई हस्तांतरण गरियो । संकलित रकम दाताहरु नेपाली तथा गैर-नेपालीहरु समेत छन । यसको अलावा बेद कुमार गुरुङले तमुधीँ जेध्दा, साउदी अरबको तर्फबाट ३०,००० रुपैयाँ तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषदको भवन निर्माणको लागि प्रदान गर्नु भयो साथै वहाँँको व्यक्तिगत तर्फबाट पनि रु १०,००० रुपैँया तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष श्री रेशम गुरुङज्युलाई हस्तांतरण गर्नु भयो । श्री बेद कुमार गुरुङ तमु धीँ, जेध्दाको वरिष्ठ सल्लाहकार हुनुहुन्छ । स्थायी घर स्याङ्जा जिल्ला माझकोट सिवालय गा. बि. स. अन्तर्गत शिंगारकोट (हाल: मोतिपुर, बुटवल) का बेद कुमार गुरुङ हाल साउदी अरबस्थित प्रतिष्ठित कम्पनी अल्मराइमा कार्यरत हुनुहुन्छ । धन्यवाद ।
