तमू ल्होसार २०७३

December 31, 2016

तमू ल्होसार २०७३ धुमधामका साथ मनाइयो ।

१५ पौष २०७३, काठमान्डौँ

तमु ल्होसार २०७३ मनाउने सिलसिलामा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले पनि आफ्नो सकृय सहभागीता जनाएको छ । बिहान १0 :०० बजे बसन्तपुर दरबार स्क्वायरबाट झाँकी तथा र्याली शुरु भएको थियो । सो र्याली बसन्तपुरबाट नयाँ सडक, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुंदै टुंडिखेल प्रवेश गरेको थियो । सो झाँकी तथा र्याली प्रदर्शनमा आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंले घाँटु न्रित्य, छिटो भाका गीत, तथा सोरठी न्रित्य पदर्शन गरेको थियो, साथै तमु (गुरुङ) हरुको मौलिक पहिचान झल्काउने खालको सामानहरुको प्रदर्शन गरेको थियो र पुरुष, महिला तथा बालबालिकाहरु पनि सबै जना स्याङ्जाली गुरुङ (तमु) भेषभुषामा सजिएका थिए । आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौंको बिशेष प्रस्तुती भनेको तमु (गुरुङ) हरुको मौलिक तथा परम्परा झल्किने खालको घरको नमुना रहेको थियो । सो घरको नमुनाको दर्शकहरुले अत्यन्तै चाख लगाएर अवलोकन गरेका थिए ।


त्यस्तै गरी तमु ल्होसार २०७२ मूल आयोजक समारोह समितिले बिभिन्न व्यक्तित्व तथा संस्थालाई तमु (गुरुङ) समुदाय तथा राष्ट्रलाई पुर्याएको योगदान स्वरुप सम्मान गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमंत्री श्री पुष्प कमल दाहाल प्रचन्ड ओली हुनुहुन्थ्यो । त्यस्तै काङ्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठ, नेकपा-माओबादी का नेता देब गुरुङ, रा.प्र.पा का नेता हेम जंग गुरुङ, संघीय समाजबादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, भु पु सेनापती छत्रमान सिंह गुरुङ, भु. पु. प्रहरी महानिरिक्षक हेम बहादुर गुरुङ लगायत तमु समुदायका विशिष्ट व्यक्तित्वहरुको गौरबमय उपस्थिती रहेको थियो ।


बिभिन्न सम्मानित हुनेहरु मध्ये आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँकी सकृय सदश्य तथा चर्चित लोक-दोहोरी गायीका दुर्गा गुरुङ पनि हुनुहुन्थ्यो । त्यस्तै हरेक बर्ष जस्तै यो बर्ष पनि आँधीखोला तमु (गुरुङ) समाज, काठमान्डौँले र्याली तथा झाँकी प्रदर्शनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।