स्योकैं (बनभोज) कार्यक्रम २०७३

January 08, 2017

स्योकैं कार्यक्रम २०७३

आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँ हरेक बर्षजस्तै यो बर्षपनी आँधीखोला तमू (गुरुङ) समाज, काठमन्डौंको स्योकैँ (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । तमू समुदायको महान सांस्कृतिक पर्व तमू ल्होसार २०७३ प्र ल्हो (बाँदर बर्ग) को बिदाइ र च्या ल्हो (चरा बर्ग) को स्वागतार्थ यो कार्यक्रम आयोजना गरिएको थियो ।

सो स्योकैं कार्यक्रममा प्रमुख अतिथी माननीय श्रम तथा रोजगार मन्त्री श्री सूर्यमान गुरुङज्यु हुनुहुन्थ्यो । वहाँंले तमू (गुरुङ) हरुको रितिरिवाज, कला, संस्क्रिती तथा परम्परा जोगाउनको लागि आँधीखोला तमू (गुरुङ) समाज, काठमान्डौंले खेलेको भूमिकाप्रती हार्दिक धन्यवाद दिनु भएको थियो । सो कार्यक्रममा समाजको बालबच्चाहरु मध्येबाट स्नातक तथा स्नातकोत्तर पास गर्ने १० जना भाई बहिनिहरुलाई सम्मान गरिएको थियो, त्यसै गरी घाँटु नर्तकी तथा गुरुआमा र सोरठी नरर्तकी तथा गायकहरुलाई सबैलाई विषेश सम्मान गरिएको थियो ।


समाज बिधिवत रुपले स्थापना भएको ५ बर्ष पुगेको उपलक्षमा समाजबाट विशेस स्मारिका प्रकाशन गरिएको छ र सो स्मारिकाको माननीय मन्त्रिज्युबाट बिमोचन गरिएको थियो । सो स्मारिकामा समाजले ५ बर्षभित्र सम्पन्न गरेका बिबिध गरीबिधीहरु संगालिएको छ । समाजका उपाध्यक्ष श्री खो बहादुर गुरुङले सबै पाहुनाहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो । साथै बरिष्ठ सल्लाहकार क्या वीर बहादुर गुरुङ्ले पनि समाजले गरिरहेको प्रगती को बारेमा प्रकाश पर्नु भएको थियो । त्यस्तै अध्यक्ष श्री प्रशाद गुरुङले सबै जनालाई हार्दिक आभार तथा धन्यवाद गर्नु भएको थियो जसले अबिछिन्न रुपमा समाजलाई सहयोग गरिरहनु भएको छ । 


कार्यक्रमको औपचारिक संचालन समाजका महासचिब श्री लोक बहादुर गुरुङले संचलन गर्नु भएको थियो र दोश्रो शत्रको मनोरंजनात्मक कार्यक्रम्को संचालन सचिब श्री राजु तिलक गुरुङ, सदस्य श्री रुख बहादुर गुरुङ र बिद्यार्थी सदश्य श्री पिम गुरुङले संचालन गर्नु भएको थियो ।

धन्यवाद ।