नि:शुल्क मिर्गौला शिबिर सम्पन्न

May 21, 2017

ब्रिहत नि:शुल्क मिर्गौला शिबिर सम्पन्न
२०७४ जेष्ठ ६ गते शनिबार

आँधिखोला तमू (गुरुङ) समाज, काठमान्डौको आयोजना तथा मानव अंग प्रत्यारोपण केन्द्र (Human Organ Transplant Center), भक्तपुर र आरोग्य प्रतिस्ठान (Aarogya Foundation), पुल्चोकको सहयोगमा नि:शुल्क मिर्गौला शिबिर व्यापक सफलताका साथ सम्पन्न भएको छ ।

विशेष गरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उध्देश्यले संचालन गरिएको सो ब्रिहत नि:शुल्क मिर्गौला शिबिर देउराली सामाजिक संघको भवन, टोखा रोडमा सम्पन्न भएको हो । बिहानको ११ बजेबाट शुरु भएको सो नि:शुल्क शिबिर करीब ३ बजेसम्म संचालन भएको थियो र आँधिखोला तमू (गुरुङ) समाज, काठमाण्डौँका सदश्यहरु लगायत अन्य तमू (गुरुङ) समाजका सदश्यहरु तथा स्थानीय अन्य व्यक्तिहरुसमेत गरी ३७७ जनाको मिर्गौला परिक्षण गरिएको थियो । मानब अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत २० जनाको टोलीले सो नि:शुल्क शिबिर संचालन गरेका थिए ।

सो शिबिरको अन्तमा समाजका अध्यक्ष श्री प्रशाद गुरुङले सम्मानपत्र तथा पुष्पमालाले सो टिमलाई सम्मान गर्नु भएको थियो । मानब अंग प्रत्यारोपण केन्द्रका बरीष्ठ मिर्गौला रोग बिशेषज्ञ डा सन्तोश गुरुङले मिर्गौला रोग स&50;िर्गौला रोग सम्बन्धी प्रिजेन्टेसन गर्नु भएको थियो । साथै वहाँंले सो शिब�ाँंले सो शिबिरको आयोजना गरिएकोमा आँधिखोला तमू (गुरुङ) समाज, काठमाण्डौँलाई धन्यवाद दिनुका साथै वहाँँले मिर्गौला रोगको बारेमा बिस्त्रित रुपमा आफ्नो भनाइ राख्नु भएको थियो । मिर्गौला रोग कसरी लाग्छ र सो रोग लाग्न नदिनको लागि बिभिन्न उपायहरुको बारेमा पनि डा. गुरुङले बिस्त्रित रुपमा ब्याख्या गर्नु भएको थियो ।

अन्तमा समाजका अध्यक्ष सिरी प्रशाद गुरुङले मानब अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिस्ठानलाई हार्दिक बधाइ तथा धन्यवाद दिनु हुँदै टिमका सबै सदश्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिस्ठान, पुल्चोक्वलाई मायाको चिनो तथा कदरपत्र बितरण गर्नु भएको थियो । अध्यक्ष गुरुङले समाजका स्वयं सेवक भाईबहिनिहरुलाई समाजको तर्फबाट हार्दिक धन्यवाद तथा आभार समेत प्रकट गर्नु भएको थियो जसले सो शिविर अवधीभर अबिछिन्न रुपमा सहयोग पुर्‍याएका थिए ।