स्योकैं कार्यक्रम २०७४

January 14, 2018

खि ल्हो को अवसरमा स्योकैं कार्यक्रम २०७४ सम्पन्न
आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँ

हरेक बर्षजस्तै यो बर्ष पनि आँधीखोला तमू (गुरुङ) समाज, काठमन्डौंको स्योकैँ (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । तमू समुदायको महान सांस्कृतिक पर्व तमू ल्होसार २०७४ च्या ल्हो (चरा बर्ग) को बिदाइ र खि ल्हो (कुकुर बर्ग) को स्वागतार्थ यो कार्यक्रम आयोजना गरिएको थियो ।

सो स्योकैं कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री तथा मन्त्रिप्रसिषद कार्यालयका श्रीमान सचिव महेन्द्रमान गुरुङज्यु हुनुहुन्थ्यो । वहाँंले तमू (गुरुङ) हरुको रितिरिवाज, कला, संस्क्रिती तथा परम्परा जोगाउनको लागि आँधीखोला तमू (गुरुङ) समाज, काठमान्डौंले खेलेको भूमिकाप्रती हार्दिक धन्यवाद दिनु भएको थियो । सो कार्यक्रममा समाजको बालबच्चाहरु मध्येबाट स्नातक तह पास गर्ने ३ जना भाई बहिनिहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी युवाहरुको तर्फबाट श्री पिम गुरुङ, आमाहरुको तर्फबाट श्री मनमाया गुरुङ, बाबाहरुको तर्फबाट श्री देबेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै समाजका वरिष्ठ सल्लाहकार क्याप्टेन वीर बहादुर गुरुङलाई वहाँँले समाजको लागि पुर्याउनु भएको अतुलनीय योगदानको कदर स्वरुप ताम्रपत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा ङोलोङोल्स्यो समाजद्वारा आयोजित साँस्कृतिक फोटो प्रतियोगिताका बिजेताहरुलाई पनि सम्मान गरिएको थियो ।

समाजका वरिष्ठ सल्लाहकार क्याप्टेन वीर बहादुर गुरुङले सबै पाहुनाहरुलाई हार्दिक स्वागत गर्नुहुँदै स्वागत मन्तब्य दिनु भएको थियो । त्यस्तै अध्यक्ष श्री प्रशाद गुरुङले सबै जनालाई हार्दिक आभार तथा धन्यवाद गर्नु भएको थियो जसले अबिछिन्न रुपमा समाजलाई सहयोग गरिरहनु भएको छ । कार्यक्रमको औपचारिक संचालन समाजका महासचिब श्री लोक बहादुर गुरुङले गर्नु भएको थियो र दोश्रो शत्रको मनोरंजनात्मक कार्यक्रमको संचालन युवा सदस्य श्री सुब्रित गुरुङले संचालन गर्नु भएको थियो ।

धन्यवाद ।