बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न :
१५ बैशाख २०७५
काठमाण्डौँ, नेपाल
यस आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौको वार्षिक साधारण सभा तथा चौथो अधिबेसन हिजो मिती २०७५ साल बैशाख १५ गते शनिबारको दिनमा अध्यक्ष श्री सिरी प्रशाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेसनको शुरुवातमा उपाध्यक्ष श्री खो बहादुर गुरुङले स्वागत मन्तब्य दिनु हुँदै सबै जना सदश्यहरुलाई कार्यब्यस्तताका बावजुत पनि समय मिलाएर आउनु भएकोमा धन्यवाद दिनु हुँदै सबैजनालाई स्वागत गर्नु भएको थियो ।
त्यस्तै कार्यवहाँक कोषाध्यक्ष श्री खड्का बहादुर गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यसपस्चात अध्यक्ष श्री सिरी प्रशाद गुरुङले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साथै समाजको तर्फबाट ४ जनालाई खेमा लिपी तालिममा सहभागी गराउनुका साथै सो तालिमको लागि आर्थिक सहयोग गर्ने निर्णय पनि गरियो । यसै गरी यो बर्ष कार्यव्यस्तताले गर्दा निशुल्क स्वास्थ्य शिविर संचालन नगर्ने निर्णय पनि गरियो । तमु प्ये ल्हु संघद्वारा आयोजित कल्याणकारी रात्रीभोजमा समाजबाट गरिएको दानको बारेमा आजको बैठकबाट अनुमोदन पनि गरियो । युवा समितीको बनभोज कार्यक्रमको लागि मिती, समय र स्थान युवा समितिका अध्यक्षद्वारा जती सक्दो चाँडो निर्णय गराइ समाजलाई जानकारी गराउनको लागि युवा समितीलाई आग्रह गरियो ।
त्यस्तै संस्थाको घरजग्गा व्यवस्थापन उपसमिती पनि गठन गरिएको छ । सो उपसमिती यसप्रकार रहेको छ ।
संयोजक : बरिष्ठ सल्लाहकार क्या. बिर बहादुर गुरुङ
उपसंयोजक : बरिष्ठ सल्लाहकार दुल बहादुर गुरुङ
सदस्य : तीनदेबी गुरुङ
सदस्य : भिम माया गुरुङ
सदस्य : खो बहादुर गुरुङ
सदस्य : खड्का बहादुर गुरुङ
सदस्य : मोहन बहादुर गुरुङ
त्यसै गरी समाजको आमा समुह उपसमिती पनि गठन गरिएको छ । जुन यसप्रकार रहेको छ ।
अध्यक्ष : भिम माया गुरुङ
उपाध्यक्ष : भुदी गुरुङ
सदस्य : लक्ष्मी गुरुङ (क)
सदस्य : लक्ष्मी गुरुङ (ख)
सदस्य : भिमा गुरुङ
सदस्य : बिमला गुरुङ
सदस्य : बिष्णु गुरुङ
यसै गरी नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीँ काठमाण्डौँ जिल्ला समितिको नव निर्वाचित अध्यक्ष तथा यसै समाजका सकृय युवा सदस्य श्री मिलन गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना ज्ञापन गरियो । अन्तमा अध्यक्ष श्री सिरी प्रशाद गुरुङले सबै जनालाई अहिले सम्मा पुर्याउदै आउनुभएको अबिछिन्न सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो ।
नयाँ कार्य समिती चयन:
समाजको बर्तमान कार्यसमितीको अवधी यसै महिनाबाट सकिने हुँदा नयाँ कार्यसमिती निम्न अनुसार गठन भएको छ ।
संरक्षक सदस्य: मे. श्याम लाल गुरुङ
वरिष्ठ सल्लाहकार : क्या. बिर बहादुर गुरुङ
वरिष्ठ सल्लाहकार : दुल बहादुर गुरुङ
वरिष्ठ सल्लाहकार : ले. चौ बहादुर गुरुङ
सल्लाहकारहरु:
क. पूर्ण बहादुर गुरुङ
वरिष्ठ लोकगायीका शर्मिला गुरुङ
क्या. चित्र बहादुर गुरुङ
अध्यक्ष : सिरी प्रशाद गुरुङ
प्रथम उपाध्यक्ष : तीन देबी गुरुङ
द्वित्तिय उपाध्यक्ष : तेज बहादुर गुरुङ
त्रित्तिय उपाध्यक्ष : खो बहादुर गुरुङ
महासचिब : लोक बहादुर गुरुङ
सचिब : राजु तिलक गुरुङ
प्रचार सचिब : रुम बहादुर गुरुङ
कोषाध्यक्ष : खड्का बहादुर गुरुङ
सहकोषाध्यक्ष : धन बहादुर गुरुङ
सदस्यहरु:
याम माया गुरुङ
भिम कला गुरुङ
शान्ती गुरुङ
चिन कुमारी गुरुङ
होम बहादुर गुरुङ
मन बहादुर गुरुङ (क)
हरी बहादुर गुरुङ
निम बहादुर गुरुङ
मेघ बहादुर गुरुङ
मन बहादुर गुरुङ (ख)
आनन गुरुङ (युवा सदस्य)
अन्जु गुरुङ (युवा सदस्य)
